इटहरी : झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपलिका ४ नयाँ बिजुली अफिस छेउबाट स्थानीय ३५ वर्षीय सन्तोष भन्ने तेजबहादुर राई र ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बूलाई १० ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट आउँदै गरेका इटहरी उपमहानगरपालिका ८ का २६ वर्षीय विशाल सिंहलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले १ ग्राम २८ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनैजनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post