इटहरी : सप्तकोसी नदीमा पानीको बहाव उच्च मापन गरिएको छ । पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । दोस्रोपटक सबै ढोका खोलिएको हो ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो ।
शुक्रबार साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो ।
कोसी ब्यारेज कन्ट्रोल रुमकाअनुसार राति १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।
गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।














Discussion about this post