ललिता निवास जग्गा प्रकरणमा मुछिएको बिषयलाई लिएर नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारको पक्षमा सुनसरी कांग्रेस सडक आन्दोलनमा लागेको छ ।
गच्छदारको गृह जिल्ला समेत रहेको सुनसरी कांग्रेसले बिहीबार पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गर्दै गच्छदारमाथि झुठो आरोप लगाएर फसाउँन खोजिएको नेताहरुले बताएका थिए । जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश १ का संसदीय दलका नेता समेत रहेका जिल्ला सभापति राजिब कोइरालाले पार्टी उपसभापति गच्छदार माथि लगाइएको आरोप सैह्य हुन नसक्ने प्रतिक्रिया दिए ।
हामी झुठो आरोपको विरुद्ध आन्दोलनमा होमिनुको बिकल्प छैन, कोईरालाले भने, वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले काँग्रेसमाथि जाईलागेको अवस्थालाई जनतासामु प्रष्ट्याउँनका लागि पनि हामी आन्दोलनको तयारीमा छौँ ।
सुनसरी काँग्रेसले केन्द्रको निर्देशन मान्ने गरी जिल्ला स्तरमा आन्दोलनमा होमिने जनाएको छ । गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका थिए ।
Discussion about this post