झापा : झापाको झापा गाउँपालिका १ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट आइतबार राति खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका २ वटा मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका १० मोरङका २६ वर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका ४ का २५ वर्षीय सन्देश लिम्बू र उर्लाबारी नगरपालिका ७ का २७ वर्षीय विनोद लिम्बूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले लागूऔषधसहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र ३ थान मोबाइल बरामद गरेको छ ।
साथै तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post