Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकलाई चार करोड अनुदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८०
in समाचार
0
94
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् ।

आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो ।

सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् ।

कार्यालयका अधिकृत पुष्पराज दाहालकाअनुसार एक सय वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई बोयर बोका अनुदानमा उपलब्ध गराइएको थियो ।

दूधजन्य उत्पादन कार्यक्रमअन्तर्गत रु १० लाख ३० हजार एक सय ३५ बराबरको मोटरसहितको च्यापकटर ३५ थान वितरण गरिएको थियो ।

त्यस्तै युवालक्षित पशुविकास कार्यक्रमअन्तर्गत २५ वटा फर्मलाई ४९ लाख ४१ हजार तीन सय र सहकारी संस्थामार्फत पशुपालन कार्यक्रमअन्तर्गत एक संस्थालाई रु तीन लाख ४६ हजार पाँच सय ३९ अनुदान दिइएको थियो ।

बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रमअन्तर्गत दुईवटा फार्मलाई ८९ लाख ८९ हजार नौ सय र द्वन्द्वपीडित पशुपक्षीपालन कार्यक्रमअन्तर्गत छ वटा फार्मलाई रु १६ लाख ३७ हजार एक सय ३४ अनुदान दिइएको थियो ।

त्यस्तै दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत ३१ संस्थालाई रु एक करोड ९५ लाख दुई हजार २१ अनुदान दिइएको थियो । कार्यालयले दुई जिल्लाका ५८ बाख्रापालक फार्मलाई रु ३९ लाख ३० हजार बराबरको ५८ वटा उन्नत जातको बोयर बोका वितरण गरेको थियो ।

जिल्लागतरुपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपक्षीपालक फार्म तथा संस्थाले अनुदान पाएका थिए । जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपक्षीपालक फार्महरू र बोयर बोका अनुदान तर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्मले अनुदान पाएका थिए ।

स्थलगत भ्रमण गरेर अनुदान रकम प्रदान गरिएकाले अनुदानको उचित सदुपयोग भएको धनकुटास्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए । आगामी दिनमा अनुदान नीति निर्धारण गर्न आउँदो वर्ष अन्य अनुदान घटाएर दुग्ध उत्पादनमा आधारित अनुदानलाई विशेष जोड दिइने र गत वर्ष प्रदान गरिएको अनुदानको प्रभावकारिताको अनुगमन गरिने उनको भनाइ थियो ।

दुई जिल्लामा हाल पाँच सय ७२ वटा व्यावसायिक पशुपक्षी फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये धनकुटामा सबैभन्दा धेरै एक सय ५२ वटा व्यवसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा एक सय २५ वटा गाईभैँसी, एक सय ११ बङ्गुर र ६९ वटा व्यवसायिक कुखुरा फार्म रहेका छन् ।

तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यावसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा २९ गाईभैँसी, २५ बङ्गुर फार्म र नौ वटा व्यावसायिक कुखुरा फार्म रहेको कार्यालले जनाएको छ । डेरी तथा दुग्ध सङ्कलन केन्द्रतर्फ धनकुटामा ३४ दुग्ध सङ्कलन केन्द्र र १८ वटा डेरी उद्योग सञ्चालनमा छन् । तेह्रथुम जिल्लाको भने कार्यालयमा तथ्याङ्क आई नपुगेको कार्यालयले जानकारी दिएको छ ।

अहिले धनकुटामा ६२ हजार पाँच सय ७५ गाई, १७ हजार दुई सय भैँसी, १८ लाख एक हजार तीन सय ७१ बाख्रा, ३९ हजार दुई सय ४० बङ्गुर, तीन सय आठ भेडा र ४० लाख एक हजार चार सय ५४ कुखुरा छन् ।

त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा एक लाख २७ हजार दुई सय ३७, बङ्गुर ३७ हजार पाँच सय ४६, भेडा नौ सय ४० र कुखुरा दुई लाख २५ हजार चार सय ९६ रहेको कार्यालयले जनाएको छ ।

Tags: #कृषि#धनकुटा#राससअनुदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक
विविध

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

by रासस
जेष्ठ २२, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ...

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.