इटहरी : नेकपा एमालेनिकट अनेरास्ववियुको कोसी प्रदेश अध्यक्षमा इटहरीका जीबी गजल सर्वसम्मत चयन भएका छन् ।
इटहरी १ निवासी गजललाई शनिबार अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । लामो समयदेखि विद्यार्थी राजनीति गर्दै आएका उनलाई अध्यक्ष बनाएर अध्यक्षका आकांक्षी सन्तोष घिमिरेलाई सचिव बनाइएको छ ।
उपाध्यक्षमा धनकुटाका अंकित थापा, झापाका नारायण पोखरेल र सचिवमा मोरङका सन्तोष चयन भएका छन् ।
सहसचिवमा उदयपुरका प्रवेश ठकुरी, इलामका पारस राई, झापाकी लक्ष्मी न्यौपाने, तेह्रथुमकी रन्जना घतानी र कोषाध्यक्षमा नवराज घिमिरे चयन भएका छन् ।
बाँकी सदस्यहरू पनि निर्विरोध रूपमा चयन गरिने बताइएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुक्रबार उद्घाटन गरेको अधिवेशनमा एमाले र अखिललका विभिन्न नेताहरू सहभागी थिए ।












Discussion about this post