कोशी अस्पताल विराटनगरमा विरामीको कुरूवा बसेकी इटहरीकी एक किशोरीलाई बलात्कार प्रयासको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
खोटाङ घर भइ इटहरीमा डेरा गरि बस्ने २१ वर्षीय किशोरीलाई बुधबार विहान बलात्कारको प्रयास गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
मोरङ कटहरी गाउँपालिका ७ का २८ वर्षीय सुरज मण्डललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डलले कोशी अस्पतालको ‘फिमेल मेडिकल वार्ड’ मा बुधबार विहान साढे ३ बजे ती किशोरीलाई बलत्कारको प्रयास गरेको आरोप छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post