Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा ‘वीपी साहित्य सन्ध्या’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८०
in कला साहित्य, समाचार
0
इटहरीमा ‘वीपी साहित्य सन्ध्या’
111
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा वीपी साहित्य सन्ध्या कार्यक्रमको आयोजना गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित वीपी साहित्य सन्ध्या कार्यक्रममा तीन चरण गरी समापन गरियो ।

पहिलो चरणमा कवितामा पाँच कविले आफ्ना दुई कविता वाचन गरे । कविहरू सुदीप पाख्रीन, टीका आत्रेय, प्रज्वल पराजुली, सविता गौतम (दाहाल) र रमेश सायनले दुई–दुई कविता वाचन गरे । उनीहरूले कविता वाचन गर्दा आमन्त्रित अतिथिहरू मुग्ध बने ।

यस्तै, दोस्रो चरणमा साहित्यमा वीपी कार्यक्रमको आयोजना गरियो ।

जसमा डा. राम्जी तिमल्सिना वक्ता थिए भने मन्दीप भट्टराईले सहजीकरण गरे । तिमल्सिनाले भने, ‘कांग्रेसीहरूले वीपी बुझ्न पहिला उनलाई साहित्यकारका रूपमा पढ्नुपर्छ, वीपीको समाजवादी चिन्तन र साहित्य बुझाउनुपरे म सदैव तत्पर छु ।’

यस्तै, तेस्रो चरणमा भने ‘स्ल्याम पोयट्री’ श्रृङ्खला थियो । कवि युवराज काफ्लेले सहजीकरण गरेको कार्यक्रममा कविहरू शकुन्तला मञ्जरी, किरण चौलागाईँ र योगेन्द्र पराजुलीले प्रस्तुति दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले वीपीले नेपाली साहित्यमा पु¥याएको योगदान जीवन्त रहने बताए ।

‘पार्टी केन्द्रीय कार्यसमितिले पनि विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर तीन दिने साहित्य उत्सव आयोजना गर्ने तयारी गरेको छ,’ उनले भने, ‘स्थानीय स्तरमा भएको यो कार्यक्रमले देशभर नै एउटा सकारात्मक उर्जा प्रदान गर्नेछ । खासगरी वीपीले राजनीतिमा मात्रै होइन, साहित्यमा पनि साँच्चैको योगदान पु¥याएका छन् भन्ने अनुभूत गराउनेछ ।’

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) का सभापति सुवेक्छु देवान राईले यो कार्यक्रम नितान्त साहित्यसँग सम्बन्धित रहेको बताए ।

‘हामीहरूमा पनि कहिँ न कहिँ साहित्यको भाव छ, त्यसैले पनि यस किसिमको कार्यक्रमको आयोजना गरेका हौँ,’ देवानले भने, ‘आजको पुस्ता मात्रै नभइ भोलिको पुस्ताले पनि वीपी कोइरालालाई पढ्नुपर्छ ।’ उनले वीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसर पारेर अहिले वीपी सप्ताह कार्यक्रम मनाइरहेको बताए ।

कार्यक्रमको अन्त्यमा थारु सांस्कृतिक नृत्य प्रस्तुत गरियो । त्यससँगै एक सय १० औँ बीपी जयन्तीमा सम्झनास्वरूप ११० वटा मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Tags: #कांग्रेस#नेपाली कांग्रेस#साहित्यवीपी कोइरालासुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.