विराटनगर : कृष्ण जन्माष्टमीको अवसर पारेर विराटनगरमा ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ ।
बिहीबार राधाकृष्णको प्रतिमासहित रथयात्रा निकालिएको हो । आरुढ खटलाई नगर परिक्रमा १९८८ सालबाट चलन छ ।
खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै आएका हुन् ।
विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरमा भगवान राधा र कृष्णको प्रतिमालाई रथमा आरुढ गराएर विशेष पूजा र दर्शन गरेपछि रथयात्रा ३:३० बजे सुरु भएको थियो ।
विशेष पूजा र दर्शन समारोहमा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलगायत १४ नगर प्रमुख र दुई जना उपप्रमुखको विशेष उपस्थिति रहेको थियो ।













Discussion about this post