झापा : झापाको छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका २ बजारस्थित साइकलयात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हकलाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
यसैगरी झापाकै बिर्तामोड नगरपालिका १ कंचनजंघा टोलस्थित विमला होटल एण्ड लज सञ्चालन गरी बस्ने होटल सञ्चालिका ४० वर्षीया विमला मोक्तान र भद्रपुर नगरपालिका ७ का २९ वर्षीय रुजन चौधरीलाई १ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post