झापा : झापामा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट २६ वर्षीय सलमान आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रतिबन्धित लागूऔषध ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीमाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ ।












Discussion about this post