झापा : झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा धनकुटाको जोरपाटी गाउँपालिका ६ का ३३ वर्षीय नरेन्द्र खड्कालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १.३ ग्राम लागूऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीको टोलीले झापाको शिवसतासी नगरपालिका ३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय भीमप्रसाद तुम्बाहाम्फेलाई भारतबाट नेपालतर्फ मे ५ प ९१३५ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ४ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post