मोरङको बिराटनगर महानगरपालिका १५ रानीबाट २ लाख भारतीय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर १७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई पाँच सय दरको भारतीय नोट ४ सय थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।
भारतीय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी ल्याईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post