इटहरी २० तरहरास्थित तामाङ टोलमा बृक्षारोपण गरिएको छ।
बुद्ध चोक सेवा समाजको आयोजनामा तामाङ टोेलमा बृक्षारोपण गरिएको समाजका अध्यक्ष रोशन मोक्तान तामाङले जानकारी दिए ।
उनका अनुसार करीब दुई सय बिरुवा रोपिएको थियो ।
पछिल्लो समय बोटबिरुवा मासिदैँ गएकाले यसको जर्गेना गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए ।
बृक्षारोपाण कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, स्थानीयबासी तथा तरहराको सामाजिक सँस्था लिबरल सोसाइटीको सक्रिय सहभागीता रहेको थियो ।

















Discussion about this post