खोटाङ : खोटाङमा गोरु काटेर गाउँलेलाई सामूहिक भोज खुवाउने कार्यक्रममा संलग्न भएको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
गाउँलेलाई गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १२ जालपा गाउँका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका ६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो ।
जालपा गाउँको मसानेडाँडास्थित चौरमा गोरु काटेर स्थानीयलाई भेला गरी भोज खाएर खुवाएको अभियोगमा चारजनालाई मङ्गलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर टीकाराज बरालले जानकारी दिए ।
मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ) का कार्यकर्ताले ‘मूलबासी मङ्गोल बहुसांस्कृतिक क्रान्ति अभियान’ लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए ।
गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्नेलगायतका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमध्ये तेजबहादुर टोल विकास संस्थाको अध्यक्ष हुन् ।
Discussion about this post