ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ८ का स्वदेश तथा बिदेशमा भएका युवाहरुले आफ्नो वडामा राहत बितरण गरेका छन्।
कोभिड १९ बाट प्रत्यक्ष रुपमा प्रभाव परेको र बिपन्न परिवारलाई राहत बितरण गरिएको हो ।
युवाहरुको नेतृत्वमा दुई हजार ४ सय केजी चामल, ८९ लिटर खानेतेल एक सय केजी नून, २० लिटर सेनिटाईजर र ४ सय मास्क वितरण गरिएको थियो ।
स्थानीय युवा रमेश थापा मगरका अनुसार सो ठाउँका युवाहरुले विभिन्न देशमा रहेर संकलन गरेको २ लाख २७ हजार २ सय ७३ रुपैँया जम्मा गरी राहत वितरण गरिएको थियो ।
उक्त रकममध्येबाट २० हजार रुपैँया गाउँपालिकाको कोषमा जम्मा गर्ने मगरले जानकारी दिए ।
















Discussion about this post