अनाथ र बृदाश्रममा गिरिजा प्रसाद कोईराला फाउण्डेशन सुनसरीले बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
नेपाली राजनीतिका शिखर व्यक्तित्व स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्दै आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराएको हो ।
इटहरी –४ स्थिति निःसहाय अनाथ आश्रममा रहेका ४१ जना बालबालिका र इटहरी–१६ स्थित रामजानकी बृद्धाश्रममा आश्रित ८ जना बृद्ध–बृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको फाउण्डेशन सुनसरीका सह–सभापति तथा कार्यक्रम संयोजक सूर्य राईले जानकारी दिए ।
डा. देवराज घिमिरे सहितको चिकित्सक टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
गरिब, दुःखी तथा समस्यामा परेकाहरुको साहारा बन्दै गईरहेको जीपी कोईराला फाण्डेशनले देश तथा विदेशमा समेत आफ्नो सामाजिक गतिविधिबाट चर्चा कमाईरहेको छ ।
पछिल्लो समय फाउन्डेशन विपन्नहको सहारा बन्दै आइरहेको छ ।
यसअघि पनि कोरोनाको महामारीका समयमा फाउन्शेनका सह–सभापति सूर्य राईले सडक बालबालिकाका लागि निःशुल्क खानाको कार्यक्रम सञ्चालन गरेका थिए ।
















Discussion about this post