खर्च अभावमा अस्पतालमा छटपटिरहेका इटहरी २० तरहराका गणेश राईलाई आर्थिक सहयोग जुट्न थालेको छ ।
विराटनगरस्थित गोल्डेन अस्पतालमा करीब ६ महिना अगाडिबाट गणेश राईको उपचार भईरहेपनि आर्थिक अभावका कारण उनको अहिलेसम्म डिस्चार्ज भएको छैन ।
गत कात्तिकमा टेम्पो दुर्घटनामा घाईते भएका राईको उपचार खर्च पनि नबोहेरका कारण समस्या रहेको पीडित परिवारले बताउँदै आएका छन् ।
सोही समस्यालाई मध्यनजर गर्दै उनलाई हङकङ तरहरा हाँसपोसा मञ्चले १ लाख ६५ हजार रुपैँया सहयोग गरिएको थियो ।

तरहरा निवासी कालसिंह राईले हङकङमा रहेका तरहराबासीसँग सहयोग संकलन गरी पठाएका थिए ।
आइतबार हङकङ तरहरा मञ्चका तरहरा अध्यक्ष शिबु रुम्दाली राई, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ लगायत स्थानीय युवाहरुको सक्रिय सहभागीतामा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।
यस्तै, अष्ट्रेलिया बसोबास गर्ने तरहराबासीले १ लाख ४३ हजार एक सय २८ रुपैँया पीडितको खातामा जम्मा गरिदिएका छन् । अमृता राई, भविन चाम्लिङ, दोर्ण न्यौपाने लगायतको नेतृत्वमा उक्त रकम संकलन भएको थियो ।

















Discussion about this post