इटहरी ३ तालतलैयामा बृहत बृक्षारोपण आयोजना गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा यहाँ बृहत बृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।
इटहरी ३ का वडाध्यक्ष बालकृष्ण बिष्टका अनुसार तालतलैया क्षेत्रलाई हराभरा बनाउँनका लागि करीब एक हजार ५ सय बिरुवा रोपिएको हो ।
राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा उक्त बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बिष्टले बताए ।
‘एक हजार फलफूलका बिरुवा र पाँच सय घाँसेबालीका बिरुवा रोपिएको हो, अरु सातसय बढी बाँस रोप्ने योजना छ ।’ उनले भने ।

कार्यक्रममा नेपाली सेनाका पृतनापति अनन्त कार्की र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी प्रमुख अतिथि रहेका थिए ।
मेयर चौधरीले इटहरीको चौतर्फी विकास भईरहेको प्रतिक्रिया दिए ।
‘तालतलैयालाई हामीले मेघा प्रोजेक्टको रुपमा लिएका छौँ,’ उनले भने, ‘इटहरीलाई एक व्यवस्थित र आधुनिक सहर बनाउँनुपर्छ ।’
इटहरीलाई पूर्वकै सक्षम र आर्थिक रुपमा सबल सहर बनाउँन आँफूहरु लागि परेको चौधरीको तर्क थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका पदाधिकारी, स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी लगायतको उल्लेख्य सहभागीतामा उक्त बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।
हेर्नुहोस् भिडियो
















Discussion about this post