इटहरी : हाँस्य कलाकार तथा गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गरेका छन् । बोकेदाह्रीले ‘सय रुपियाँ पोका’ नामको गीत बोकेदाह्रीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
झट् सुन्दा हाँस्य व्यङ्ग्य जस्तो लाग्ने यो गीतले समाज भित्रका यथार्थतालाई चित्रण गरेको छ । चेतनामूलक गीतमा कागतीको परिचर्चा गर्दै गीतको अन्त्यमा एउटा चोटिलो सन्देश दिन खोजिएको छ ।
यो गीतमा गायक लुईँटेलकै शब्द तथा संगीत रहेको छ । सुरज श्रेष्ठ गीतका संगीत संयोजक हुन् ।
विराटनगरस्थित बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा श्रीकृष्ण लुईंटेल, छवि बैरागी, पूरन राई, रुप नारायण श्रेष्ठ, कल्पना पाण्डे, संगीता यादव, गीता कोइराला, आनन्द बस्नेत, राजन क्षेत्री, कुशल प्रधान, रबिना प्रधान, निराजन श्रेष्ठ, नवराज खड्का, सञ्जय राई, आनन्द बस्नेत, ज्योतिका भुजेल तथा बाल कलाकार प्रसन्ना पोखरेलले अभिनय गरेका छन् ।
भिडियो
Discussion about this post