नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँनेछन् ।
ज्ञवालीको अवकाश भएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् ।
नेपाल प्रहरीमा हाल तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल एआईजी छन् ।
उनीहरुमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत हुन् । त्यसैले क्षेत्री र पाल अब महानिरीक्षक बन्ने दौडमा छन् । उनीहरुमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नेछन् ।
प्रहरी नियमावलीले प्रहरी अतिरिक्त महानिरीक्षक–एआईजी वा प्रहरी नायब महानिरीक्षक–डीआईजी (एआईजी नभएको अवस्थामा) मध्येबाट आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था गरेको छ ।
















Discussion about this post