जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ ।
फाउण्डेसनको उदेश्य प्राप्तीका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा कार्यदल गठन गरिएको हो ।
फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा कार्यदल गठन भएको हो ।
मंगलबार एक अनौपचारिक कार्यक्रमका बीच गठित कार्यदलको संयोजकमा अंकित पोख्रेल, सह–संयोजकहरु रोशिका अधिकारी, साइच्छा थापा, लोकेश पोख्रेल, सविन भट्टराई, सचिव डेनिस सापकोटा, सहसचिव अस्मी रेग्मी, कोषाध्यक्ष सरोजकुमार खनाल रहेका छन् ।
यस्तै सदस्यहरुमा अनिसा पासवान, एनिस आचार्य, स्वरुप खनाल, सुवेन्द्र धमला, पूर्णिका सिंह र श्रीयम पोख्रेल रहेका छन् ।
यस्तै फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा असार १७ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा राहत बितरण र बुधवार साझ दीप प्रज्वललन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा बोल्दै फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले सामाजिक संस्थाको भूमिका निर्वाह गर्दै आएको फाउण्डेसनको उदेश्य प्राप्तिका लागि युवाहरुको कार्यदल बनाएको बताए । उनले हरेर सामाजिक कार्यमा फाउण्डेसनले काम गर्ने बताए ।
कार्यक्रममा फाउण्डेसन मोरङका उपाध्यक्ष बेदकुमार खतिवडा, सहसचिव सन्तोष पोख्रेल, कोषाध्यक्ष पुनम सिंह, सदस्यहरु सर्मिला अधिकारी, रीता पोख्रेल, सन्जय मण्डल र अन्जु दाहाल लगायतको उपस्थिति रहेको थियो ।
















Discussion about this post