नेपाल सरकारले निर्णय गरेको नागरिकता बिधेयक बिरुद्ध सुनसरीमा बिरोध प्रदर्शन गरिएको छ ।
जनता समाजबादी पार्टी सुनसरीका नेता अनुप सुब्बाका अनुसार नेपाल सरकारले ल्याएको नागरिकता बिधेयक जनताबिरोधी रहेकाले बिरोध प्रदर्शन गरिएको हो ।
बर्गीय, जातीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत को अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समाबेशी हुन जरुर रहेको उनले औँल्याए ।
मधेसी समूदायका जनतालाई लक्षित गरी नागरिकता बिधेयक लागू गराउन खोजिनु बिपरीत आँफूहरुले भत्र्सना गरेको उनले बताए ।
















Discussion about this post