तरहरामा रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ तरहराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको हो ।
लायन्स क्लब अफ तरहराका अध्यक्ष दुर्गाप्रसाद पौडेलका अनुसार पछिल्लो समय कोरोना भाइरसका कारण रगत अभाव भएको कुरालाई महसुस गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय बुद्धिजीवि लगायतले पनि रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन रेवत बहादुर कार्की प्रमुख अतिथि रहेका थिए । रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको उनको भनाई थियो ।


















Discussion about this post