इटहरी : सुनसरीको इनरुवा नगरपालिकाले मारुती ग्यास उद्योग (सुविधा ग्याँस)लाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
मारुती ग्यास उद्योग प्रा.लि. दुहबी ८ ले उत्पादन गरेको सुविधा ग्याँस तौलमा कम भएको अनुगमनको क्रममा पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराइएको हो ।
इनरुवा नगरपालिकाका उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले गत असोज २५ गते इनरुवा बजारमा गरेको अनुगमनका क्रममा सुविधा ग्यासको ८० प्रतिशत सिलिन्डरमा कम तौल फेला पारेको थियो ।
ग्याँस कम्पनीले कारबाही अनुसारको जरिवाना बुझाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिए ।
Discussion about this post