धरान ७ मा डेरा गरी बस्दै आएका ४४ बर्षीय किसन श्रेष्ठ लागूऔषध सहित पक्राउ परेका छन् ।
उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स जि.सि., ५ सय ५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, १ थान हतियार र नगद १ लाख ९२ हजार रुपैँया समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान तथा कानुनी कारबाही भईरहेको छ ।
















Discussion about this post