झापा : झापामा हात्ती मृत फेला परेको छ ।
आज (बिहीबार) बाह्रदशी गाउँपालिका १ खयरबारी क्षेत्रमा एउटा हात्ती मृत फेला परेको हो । जिल्ला वन कार्यालय झापाले हात्तीले केही दिनदेखि स्थानीयको सखरखण्ड खाएर क्षति गर्दै आएको थियो ।
सखरखण्डमा क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ ।
यससँगै यो वर्ष जिल्लामा तीन वटा हात्ती मृत फेला परेका छन् ।













Discussion about this post