सुनसरीको धरान उपमहानगरपालिका १४ बिजयपुरमा आज आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् ।
स्थानीय बिष्णु राईको घरबाट ग्याँस लिक भई अचानक आगलागी हुँदा उनको र छिमेकी कमल राईको घर जलेर नष्ट हुँदा अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगायत सम्पुर्ण समान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
















Discussion about this post