धरान : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान आएर हर्क साम्पाङको प्रशंसा गरेका छन् ।
१२३ औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार (आज) आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको श्रम संस्कृतिको प्रशंसा गरे ।
यसअघि कार्यक्रमका लागि धरानका मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिको रुपमा निम्तो दिएका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री आउन नभ्याउने बताएपछि साम्पाङ आक्रोशित बनेका थिए ।
बालेनले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउनुभएको छ । आफैंले स्रोतसाधन जुटाएर त्यति टाढाबाट पानी ल्याउन सफल हुनुभएको छ । यो सबैले सिक्नुपर्छ, सबै स्थानीय सरकार, प्रदेश र संघ सरकारले सिक्नुपर्ने उदाहरण हो ।’
इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भनेर मेयर साम्पाङले उदाहरण देखाएको बालेनले बताए । धरान उपमहानगरपालिकाले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर ‘धरान डे’ कार्यक्रम आयोजना गर्दै आएको छ ।














Discussion about this post