मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा दुईजना बिरामी भएका छन् ।
स्थानीय ५४ बर्षीया तिलमाया चौहान र निजकै छोरा १७ बर्षीय पूर्ण बहादुर चौहानले खानासंगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।
बिरामी भएका दुबै जनाको दमकस्थित आम्दा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post