फरवार्ड कम्युनिटि माईक्रोफाइनान्स बित्तिय संस्थाले आफ्ना मृतक ग्राहक सदस्यको ऋण मिनाहा गरेको छ ।
सुनसरीको दुहबीमा मुख्य कार्यालय रहेको उक्त संस्थाले ग्राहक सदस्यले लिएको ऋण मिनाहा गरेको हो ।
इटहरी २० तरहरा शाखाका प्रमुख पुरुषोत्तम चौधरीका अनुसार मोरङ सुन्दरहरैँचा ३ का ग्राहक सदस्य सोनामति चौधरीको मृत्यु भएको र उनका श्रीमान उमेश चौधरीमार्फत उनले लिएको २ लाख ५० हजार रुपैँया ऋण मिनाहा गरिएको हो ।
ऋण बीमा कार्यक्रम आयोजना अन्तरगत उक्त ऋण मिनाहा गरिएको चौधरीले बताए । सुन्दरहरैँचा ३ का वडाध्यक्ष जीवन ढुंगानामार्फत पीडित परिवारलाई रकम प्रदान गरिएको थियो ।
त्यस्तै, बिहीबार सुनसरीको इटहरी ८ बज्राहाका उमादेवी बिश्वकर्माको मृत्यु भएकाले उनले लिएको १ लाख २० हजार रुपैँया मिनाहा गरिएको छ ।
बिश्वकर्माका श्रीमान हरिबहादुर बिश्वकर्मामार्फत उक्त रकम मिनाहा गरिएको हो । साथै, मृतकका परिवारलाई ६ हजार रुपैँया समेत किरिया खर्च वितरण गरिएको छ ।
















Discussion about this post