इटहरी : सगरमाथा युवा क्लबको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको आयोजना गरिएको छ ।
मंगलबारबाट पकली माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना सुरु भएको हो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले ब्याटिङ गर्दै खेलको उद्घाटन गरे ।
युवाहरूलाई खेल क्षेत्रमा स्थापित गराउनका निम्ति प्रथम क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजकका अध्यक्ष मो. इसराफिल हुसेनले बताए ।
उनका अनुसार खेल क्षेत्रमा योगदान पुर्याउने दुईजनालाई सम्मानसमेत गरिएको छ । सम्मानित हुनेमा असिम मोहम्मद र प्रवेश कुँवर रहेका छन् ।














Discussion about this post