धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाहीको माग राख्दै पत्र लेखेका छन्।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई साम्पाङले पत्र लेख्दै कार्कीलाई कारबाहीको माग गरेका हुन्।
कामु उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपनि उनले बैठक नबसाएको भन्दै साम्पाङले आपत्ति जनाएका छन्।















Discussion about this post