धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७९ चैत्र ९ गतेको फैसला आदेशले लागूऔषध मुद्धामा तीन महिना कैद सजाय तोकिएका धरान १० का ४२ वर्षीय राजन शाक्यलाई खोजतलास गर्ने क्रममा गाँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका शाक्यलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ।














Discussion about this post