Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पशुपतिनगर भन्सार कार्यालयमा राजस्व सङ्कलन वृद्धि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०८०
in समाचार
0
68
SHARES
Share on FacebookShare on Twitter

इलाम : नेपाल–भारत सीमा क्षेत्र इलामको पशुपतिनगर भन्सार कार्यालयमा राजस्व सङ्कलन वृद्धि भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०-८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरिएको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो ।

आव २०७७-०७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार (५२ दशमलव ६५ प्रतिशत) राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख सुब्बाले जानकारी दिए । यसैगरी  आव २०७८-७९ मा रु दुई करोड ५३  लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजस्व सङ्कलन भएको थियो । सुब्बाका अनुसार, २०७९-८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजस्व सङ्कलन गरियो ।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताए । पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन् । “हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न थालेको छ ।” आचार्यले भने ।

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताए । भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिए । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताए ।

Tags: #राससइलामराजस्व
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव
FEATURE BREAKING

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम सुनसरी जिल्ला अधिवेशनमा मतदान अधिकार कटौती गरिएको आरोपपछि विवाद उत्पन्न भएको छ। कोशी गाउँपालिका–१...

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन
पर्यावरण

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” सफलतापूर्वक सम्पन्न भएको छ।...

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

जेष्ठ २३, २०८३
चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

जेष्ठ २३, २०८३
मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.