Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १५, २०८०
in समाचार
0
इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम
72
SHARES
Share on FacebookShare on Twitter

इलाम : सूर्योदय नगरपालिका-१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घरमाथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ ।

“पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै खेताला भेटिँदैनन् । हप्ता दिनसम्म रोपेर सकिन्छ”, गोदाममा राखिएको बीउ आलु देखाउँदै उहाँले भन्नुभयो, “पहिलेपहिले त सयौँ मन रोपेको हो । तर अहिले काम गर्ने युवा विदेशतिर गए, पल्लो गाउँतिर पुगेर खेताला भन्नुपर्छ ।”

सन्दकपुर, माईजोगमाई, देउमाई, सूर्योदयलगायत माथिल्लो लेकाली क्षेत्रका किसानको मुख्य नगदेबाली आलु हो । मकै र अन्य बाली मासिन थालेपछि किसानले आलुमात्र लगाउन थालेका छन् । आलुखेतीले नै घर चलाउने, बालबच्चा पढाउनेजस्ता सबै खर्च धान्दै आएको किसान बताउँछन् । “एक मन बराबर कम्तीमा सात मन फल्छ ।

८० मन रोप्दा साढे पाँच सय मन हराउँदै”, बुढाथोकीले भन्नुभयो, “बेच्नेबेला दुई हजार प्रतिमन हुँदा पनि ११ लाखजतिको कारोबार आलुबाट हुन्छ, खर्च कटाएर पनि वर्षमा पाँच लाखसम्म आम्दानी गरिन्छ ।”

सडक सञ्जालको सहज पहुँच नपुगे पनि भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङ बजार पुग्न थुम्केबाट पैदल डेढ घन्टा लाग्छ । उत्पादन भएको आलु बिक्री गर्न बजार अभाव नहुने भएकाले बर्सेनि ठूलोमात्रामा आलुखेती गरेर यहाँका किसानले मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको तल्लो क्षेत्रमा बीउ बिक्री गर्न र बाँकी मानेभञ्ज्याङ बजारमा लगेर फुट्टा आलु बेच्न सकिने भएकाले व्यावसायिक आलुखेती गरिरहेका हुन् ।

यतिबला रोपेको आलु असार, साउनमा उत्पादन हुन्छ । चिसो ठाउँ भएकाले घरको गोदाममा थन्क्याएर राखेको आलु कुहिने डर हुँदैन । “केही बजार लगेर साउनमै बिक्री गर्छौ, आधाजति भण्डारण गरेर राख्छौँ ।” किसान सीता क्षेत्रीले भन्नुभयो ।

असोज, कात्तिकमा तल्लो क्षेत्रका किसान लेकमा पुगेर त्यही आलु बीउका रुपमा खरिद गर्छन् । बेचेर रहेको आलु लेकतिर यो याममा रोपिन्छ । यसरी आलुबाट किसानले आर्थिक उपार्जन गरिरहेका हुन् ।

आलुसहित कोपी, मुला, चिराइतोलगायतका कृषिउपज यहाँ धेरै उत्पादन हुन्छ । उत्पादित कृषिउपजको बजार मानेभञ्ज्याङ हो । बजार नजिकै भए पनि ढुवानीमा यातायात समस्या छ । “कच्ची सडक भरपर्दो छैन । दुःखले माटोरसाइकल चलाउन सकिए पनि गाडीमा आलु ढुवानी गर्न सकिँदैन”, बुढाथोकीले भन्नुभयो । यातायातको साधन घोडा हो ।

प्रायजसो सबैको घरमा घोडा पालिएको हुन्छ । उत्पादित कृषिउपजलाई बजार पुर्‍य ाउन र त्यहाँबाट घरका लागि आवश्यक नुन, तेल, चामल, गाईबस्तुको लागि अन्न घोडामा बोकाएर ल्याइन्छ । यो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो ।

यहाँबाट श्रीअन्तुमा जस्तै सूर्योदय देखिन्छ । भारतसहित तेस्रो मुलुकसम्मका पर्यटक रेडपाण्डाको अध्ययन अवोलकन गर्न आइपुग्छन् । पर्यटकका लागि होमस्टे बनाइएको छ । सडक नहुँदा सबै कुरा खल्लो भएको स्थानीय बताउँछन् । आलुलगायत खेती गर्ने किसानलाई सडक अभावको तीतो महसुस हुन्छ ।

“वर्षामा पहिरो जान्छ, घोडा नै पुर्छ, बाटोमा चिप्लिएर भिरमा भारीसँगै खसिन्छ कि भन्ने चिन्ताले खेतीको उपलब्धि पनि दिक्कलाग्दो हुन्छ ।” तीर्थका छोरा रमन बुढाथोकीले भन्नुभयो, “हामी विकासमा पछि परेका छौँ, अन्तुले घाम बेचेको छ । त्यहाँ देशविदेशका पर्यटक आउँछन् । उत्तिकै घाम देखिने थुम्के पुग्न भने सामान्य सडक बनाइएन । अरु त अरु रेडपाण्डाको संरक्षण गर्ने, प्रचार–प्रसार गर्ने कुरामा कसैको ध्यान छैन ।”

विशेष गरी जिल्लाको उच्च पहाडी भेगका किसानले आलुको व्यावसायिक खेती गर्ने गरेका छन् । आलुको नयाँनयाँ जात उत्पादन गर्ने उद्देश्यले सरकारले जौ बारीमा आलुु विकास केन्द्र स्थापना गरेको छ । विशेष गरेर एमएस, डेजिरे, बिटे, सेतो आलुु तथा झ्यालेलगायत जातका आलु उत्पादन हुुने गरेको छ । लेकाली क्षेत्रका अधिकांश किसानले आलुलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । इलाममा बढी उत्पादन भएकै कारण ‘सात अ’ मा पर्ने आलु पनि एक हो ।

हिउँ पर्ने जमिनमा समेत फस्टाउने आलुु छ हजार ८१५ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा खेती गर्ने गरिएको छ । कृषि ज्ञानकेन्द्र इलामका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ हजार नौ सय ९६ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।

सो क्षेत्रफलमा एक लाख १७ हजार आठ सय ८३ मेट्रिकटन उत्पादन भएको ज्ञानकेन्द्रका कर्मचारी रुजन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आलुको उत्पादकत्व १६ दशमलव ८५ हेक्टर छ ।

संघीय कार्यक्रमअन्तर्गत यस वर्ष इलाममा आलु ब्लक विकास कार्यक्रम छ ।

यसका लागि फिल्ड भेरिफिकेसन र अनुगमन भइरहेको खड्काले बताउनुभयो । पचास प्रतिशत साझेदारीमा १५ लाख बजेटमा चाँडै आलुको ब्लक क्षेत्र निर्धारण गरिने खड्काले बताउनुभएको छ ।

Tags: #कृषि#राससइलाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1028 shares
    Share 411 Tweet 257
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.