भोजपुर : भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका ८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् ।
कार्कीले ती किशोरीलाई बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post