इटहरी ५ पचरुखी स्थित पूर्ब–पश्चिम राजमार्गमा दुर्घटना भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३४ प ९५६ नं. को मोटरसाईकललाई बिपरित दिशाबाट जाँदै गरेको को २ त ६०३ नं. को ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालक मोरङ घर भई हाल ईप्रका देवानगंजमा कार्यरत प्रहरी जवान शुसिल चन्द सरदार गम्भिर घाईते भएका छन् ।
घाईते सरदारलाई उपचारको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान पठाईएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















Discussion about this post