धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ ।
नियमित वृत्ति विकासको माग गर्दै शिक्षकरकर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए ।
आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो ।
शिक्षक तथा कर्मचारीहरूको जारी भद्र अवज्ञा स्थगित गरि आआफ्नो नियमित कार्यमा संलग्न हुने सहमतिमा भनिएको छ ।
त्यस्तै, विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागी हुने बुँदामा उल्लेख छ ।















Discussion about this post