संखुवासभाको धर्मदेवी नगरपालिका १ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
मृतकको भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपिट तथा धारिलो हतियारले प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
कुटपिटमा संग्लग्न गंगा राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post