झापाको कमल गाउँपालिका २ मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १ –०२– ०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो ।
ट्याक्टरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का ४१ बर्षीय केदारनाथ दाहालको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















Discussion about this post