मोरङको बिराटनगर महानगरपालिका १५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागूऔषध बरामद भएको छ ।
मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागूऔषध बरामद भएसंगै दुबै चिया पसलका संचालक र बिराटनगर १७ का ३४ बर्षीय प्रदीप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post