इटहरी : इटहरीमा नाटक ‘बहुला काजीको सपना’ फागुन १९ गतेदेखि प्रस्तुत हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा नाटक प्रस्तुत हुने भएको हो ।
नाटक यही फागुन १९ देखि फागुन ३० गतेसम्म तायारिप्ची भवनमा प्रस्तुत गरिने अनेरास्ववियू सुनसरीका अध्यक्ष अतीतकिरण नेपालले जानकारी दिए ।
उनका अनुसार ‘क्याम्पस थिएटर सिजन १’ नाम दिएर लामो समयदेखि रिहर्सल गरिदैँ आएको थियो ।
लेखक विजय मल्लद्धारा लिखित नाटक ‘बहुला काजीको सपना’को रिहर्सल विद्यार्थीहरूले नै गरेको अध्यक्ष नेपालले बताए । नाटकको निर्देशन विद्यार्थी रोशन आचार्यले गरेका हुन् भने नाट्य प्रशिक्षणको लागि कलालय इटहरीले सहयोग गरेको छ ।
११ दिनसम्म सञ्चालन हुने नाटक हेर्नका लागि टिकट मूल्य तीन सय, पाँच सय र एक हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको बताइएको छ ।
नाटकको औपचारिक उद्घाटन फागुन १९ गते दिउँसो साढे १ बजे गरिने उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा समाजवादी पार्टीका महासचिव घनश्याम भुषाल, विशेष अतिथि कोसी प्रदेशका पूर्व मुख्य मन्त्री राजेन्द्र कुमार राई, कोसी प्रदेशका मन्त्री कमल जवेगु, अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामा लगायतको उपस्थिति रहने बताइएको छ ।
Discussion about this post