इटहरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले ललितानिवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजय गच्छदारमाथि लगाईएको आरोप झुठो भएको बताउँदै पार्टीगत रुपमा पक्षपात भएको बताएका छन् ।
नेपाल प्रेस युनियन सुनसरीले शुक्रबार इटहरीको रिपोर्टस क्लबको हलमा राखेको पत्रकार भेटघाटका क्रममा प्रतिक्रिया दिदैँ महतले भने, ‘बिजय जी आफैँले प्रधानमन्त्रीको आग्रहमा निर्णय गरेको भन्दाभन्दै पनि प्रधानमन्त्रीलाई कारबाही भएन, उहाँमाथि झुठो मुद्धा लगाईयो, पार्टीगत रुपमा पक्षपात भयो ।’ उनले बर्षौदेखि चर्चामा रहेको ललिता निवास प्रकरणमा नेकपा पार्टीका शीर्ष नेताहरुको सहमतिमा कांग्रेस उपसभापतिलाई गलत आरोप लगाएको जिकिर गरे । ‘अख्तियार अनुसन्धान आयोग संवैधानिक आयोग हो, तर आयोगले गरेको ठीक हो भनेर त्यसको डिफेन्स सञ्चारमन्त्रीले गर्नुभएको छ,’ उनले भने, ‘ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा संचारमन्त्रीले डिफेन्स गर्नु भनेको पार्टीगत देखिन्छ, सिधै हेर्दा पनि यो पार्टीगत रुपमा पक्षपात गरेको देखिन्छ ।’ तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा क्याविनेटले गरेको निर्णयमा काँग्रेस नेतामाथि मुद्धा चलाइनु अस्वभाविक रहेको उनको तर्क थियो
उनले अमेरिकी सहयोग एमसीसीको बारेमा सरकार क्लियर भएपनि नेकपा पार्टीका नेताहरुमा भ्रम रहेको समेत बताए । उनले भने, ‘अमेरिकी सहयोग एमसीसी भनेको ग्लोबल प्रोजेक्ट हो ।’ राजनीतिक पुर्वाग्रहले विवाद भएर नेताहरु भ्रममा छन् । तत्कालिन प्रधानमन्त्री शुुशील कोइराला र अाँफू अर्थमन्त्री हुँदा नै यातायात र उर्जामा काम गर्ने गरी एमसीसी स्वीकृत गरिएको उनको भनाई रहेको थियो ।
कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप
विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...














Discussion about this post