Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ६, २०८०
in समाचार
0
काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु
81
SHARES
Share on FacebookShare on Twitter

झापा : अन्तर-पुस्ता महिला मञ्च (आइजिएफएफ)ले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्‍याउनुपर्ने उद्घोषका साथ आज पूर्वी नाका काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ ।

आज काँकडभिट्टा र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ ।

महिलालाई राज्यको निर्णायक तहमा पुर्‍याउन देशव्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चका केन्द्रीय सञ्चालक समितिकी संयोजक डा.सुशान्त रिसालले बताउनुभयो । उहाँले परमुखी विकासको कुलो फर्काउनुपर्ने र महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि लैङ्गिक विभेदविरुद्ध सबै मोर्चामा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

बसयात्रा उद्घाटनका अवसरमा महिला टोलीले नै नौमति बाजा बजाएर नाचगानसहित अभियानका सहभागीलाई स्वागत गरेको थियो । उक्त अवसरमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पितृसत्तात्मक विभेद र थिचोमिचोविरुद्ध महिलाले साझा दृष्टिकोण बनाएर लड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले महिलालाई उपप्रमुख, उपाध्यक्ष, उपसभामुख र उपप्रधानमन्त्री तथा उपराष्ट्रपति जस्ता दोस्रो तहको नेतृत्वमा सीमित गराइएको भन्दै पार्टी र राज्यको पहिलो नेतृत्व तहमै पुग्न सबैले जोडबल गर्नुपर्ने बताउनुभयो ।

बसयात्रा उद्घाटन कार्यक्रमको संयोजन गरिरहेको महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङका अनुसार महिलावादी अभिानकर्मीहरुले बसयात्राका क्रममा मुलुकका विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

अभियानकर्मी चढेको बस झापा, मोरङ, सुनसरी र सप्तरी छिचोलेर आजै साँझ सिराहाको लहान पुगेर बास बस्ने उहाँले जानकारी दिनुभयो । अन्तर-पुस्ता महिलावादी मञ्च महिला आन्दोलनका लागि पाँच वर्षअघि गठन भएको साझा सञ्जाल हो ।

त्यसमा देशभरका महिला अधिकारकर्मी जोडिएका छन् । यसले महिलावादी एजेन्डा उठाउँदै देशव्यापीरुपमा महिला आन्दोलनलाई समावेशी दृष्टिकोणका साथ एकताबद्ध गरिरहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी सदस्य राधा प्रधानले बताउनुभयो ।

काँकडभिट्टाबाट सुरु भएको बसयात्रा अभियानअन्तर्गत चैत ७ गते लहान र ८ गते चन्द्रनिगाहपुरमा पुगेर विशेष कार्यक्रमको आयोजना हुने बताइएको छ ।

पश्चिमको कञ्चनपुरबाट चैत ५ गते सुरु भएको अभियानले आज कैलाली, चैत ७ गते दाङ र ८ गते भैरहवामा अन्तरक्रिया कार्यक्रम गर्ने अभियानका सदस्य चिङलामु शेर्पाले जानकारी दिनुभयो ।

Tags: #झापा#राससमहिला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    303 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.