Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

लोकनृत्य प्रतियोगितामा सयपत्री प्रथम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७६
in मनाेरञ्जन, समाचार
0
लोकनृत्य प्रतियोगितामा सयपत्री प्रथम
322
SHARES
Share on FacebookShare on Twitter

तरहरा । नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा तरहराको सयपत्री बोर्डिङ स्कुल प्रथम भएको छ ।
शुक्रबार तरहराको नमूना एकेडेमीमा भएको लोकनृत्य प्रतियोगितामा जिल्लाभरीका २४ वटा विद्यालय सहभागी भएका थिए । सयपत्रीको ‘गर्रा’ नृत्य प्रथम भएको हो । त्यस्तै, तरहराकै हिमशिखर बोर्डिङ स्कुल द्धितीय भएको थियो । धरानको शैनिक आवासीय विद्यालय तृतीय भएको थियो भने तरहराको ज्ञानदर्पण एकेडेमी शान्तवना भएको थियो । बिजेताहरुले ट्रफि मेडल र प्रमाणपत्र हात पारेको नमूना एकेडेमीका प्रिन्सिपल थरेन्द्र अधिकारीले बताए ।

उनका अनुसार रेडक्रस जिल्लाले आयोजना गरेको कार्यक्रम नमूना एकेडेमीको युवा रेडक्रस सर्कलले आतिथ्य गरेको थियो । अत्यन्त प्रतिष्पर्धात्मक भएको प्रतियोगितामा नृत्य निर्देशक युवराज लुईँटेल र इश्वरी प्रसाद सिक्देल निर्णायक रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका सभापति हेमकर्ण पौडेलले रेडक्रस मानवीय सेवामा समर्पित रहेकाले यसबाट विद्यार्थीहरुलाई समेत सकारात्मक प्रभाव पारेको बताए । उनले भने, ‘मानव भएर जन्मिएपछि एक मानवले अर्को मानिसलाई सहयोग गर्नुपर्छ, यसैले पनि रेडक्रसको योगदान सराहनीय रहेको छ ।’

उनले गीत संगीतको क्षेत्रमा नेपालमा विदेशी संस्कृति भित्रिएको स्मरण गराउँदै लोकनृत्य प्रतियोगिता हुनुले नेपालको कला र संस्कृतिको जगेर्ना हुनेमा जोड दिए । उनले नेपाली समाज रुपान्तरणका निम्ति विद्यार्थीहरुको योगदान रहने र उनीहरुका लागि कला र संस्कृतिलाई चिनाउँन आवश्यक रहेको सुनाए । कार्यक्रममा रेडक्रस हाँसपोसा उपशाखा सभापति चन्द्र कुमार गिरीले पनि नेपालको कला संस्कृति लोप हुँदै गईरहेको समयमा उक्त कार्यक्रम आयोजना हुनु सराहनीय रहेको बताए । युवा रेडक्रस सर्कल नमूना एकेडेमीका अध्यक्ष दिवस नारायण चौधरीको सभाध्यक्षमा भएको कार्यक्रम विद्यालयका शिक्षक चुडामणि बानियाँले सञ्चालन गरेका थिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    825 shares
    Share 330 Tweet 206
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.