सरकारले साउन १५ गतेदेखि होटल सञ्चालन गर्न दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुरेण्टले सेवा दिन सक्ने जानकारी दिए।
होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।
















Discussion about this post