इटहरी : हाँस्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ सार्वजनिक भएको छ ।
हाँस्यव्यङ्ग्य गायक लुइँटेलले शुक्रबार उक्त गीतको भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्कन सुमन तामाङले गरेका हुन् ।
भिडियोमा लुइँटेलसहित मिलन सुवेदी, अनिशा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जीलगायतको अभिनय रहेको छ ।
भिडियो सम्पादन हेमन तामाङले गरेका हुन् ।
भिडियो
Discussion about this post