इटहरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना इटहरी २ का हुन् भन्ने अर्का एक जना विराटनगरका पुरुष रहेका छन् ।
इटहरी घर भएका पुरुष बहराइनबाट केही दिन अगाडि इटहरीको जनता क्याम्पसको क्वारेन्टिनमा रहेका थिए ।
उनको स्वाव परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगरमा चेक गर्दा कोरोना पोजेटिभ देखिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए ।
विराटनगर घर भएका अर्का संक्रमित केही दिन अघि इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयले सोधखोजका लागि क्वारेन्टिनमा राखेको थियो । उनलाई गत साउन ६ गते स्वाव परीक्षण गदा कोरोना पोजेटिभ देखिएको होे ।
















Discussion about this post