इटहरीमा विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ११ पिन्ट रगत संकलन भएको छ ।
लायन्स क्लव अफ इटहरी अन्र्तगत स्मार्ट सिटि, एक्टीभ, सेन्टर, सिटिजन तथा कृष्ण प्रणामी युवा परिषद्, रेडिमेट व्यवसायी संघ, एक्स्पर्ट फाउण्डेशन, एक्सेल डेभलवमेन्ट बैक, रोटर्याक्ट क्लव अफ इटहरी, रोटरी क्लव अफ इटहरीको आयोजनामा उक्त रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्मार्ट सिटिका जिल्ला ३२५ ए वानका भाइस गर्भनर रेवतवहादुर कार्की प्रमुख अतिथि रहेका थिए ।
यस्तै कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ इटहरी स्मार्टसिटिकी अध्यक्ष लक्ष्मी बराल गौतमले गरेकी थिइन् भने कार्यक्रमको संयोजक लायन्स क्लव अफ इटहरी एक्टिभकी अध्यक्ष रञ्जु सिग्देल रहेकी थिइन् ।
















Discussion about this post